गाउँ सुनसान, पाटन भरिभराउ

| 2023 May 25 | 08:33 am 921

मुगु, जेठ ११ः वर्षेनी यार्साटिप्ने सिजनमा मनग्गे आर्थिक जोहो गर्नका लागी जिल्लाको माथिल्लो मुगुम कार्मारोङ गाउँपालिका वस्तीका चौध गाउँका स्थानियहरु पाटन तिर लागे पछी गाउँ नै सुनसान भएका छन ।

कार्मारोङ गाउँपालिकाका गाउँ दोल्फु ,चिताई ,मुगु ,किम्री,कार्ति,माग्री, पुअ, रिउस, दाउरा, सेरोग, मह, माग्री लगाएतका गाउँहरुका स्थानिय वासी यार्साको खोजीका लागी जेठको पहिलो साता, गएको शुक्रवार देखी बन क्षेत्र र पाटनमा यार्सासंकलनकालागी घर बाट हिडेपछी युवा,युवती देखी दुधे वालक च्यापेर महिला सहित घरमा ताल्चा ठोकेर लेक तिर लागे पछी गाउँ सुनसान रहेका हुन ।

गाउँमा वृद्धावृद्ध,अपाङ्घ, र घर कुर्ने मात्र रहेपनी गाउँमा युवा,युवती शुन्य रहेका छन भने गाउँमा रहेका स्थानियहरु विरामी परेपनी स्याहार गर्ने सम्म छैनन । गाउँमा पशु,चौपाया हेरालाका लागी दुई,तिन घरको एक जनाले हेर्ने सम्म गरेर यार्साको खोजीका लागी लेकतिर गएकाले स्थानिय गाउँ एक महिना सम्म सुनसान रहेको कार्मारोङ ६ पुअका आङडा लामाले वताए ।

वर्षेनी यार्साको सिजनमा सवै व्यवासाय र खेतीपाती वन्द गरेर यहाँका स्थानिय वासी लेकमा जाने गर्दछन । तर गएका २ बर्षमा कोविडका कारण पाटन तिर भने नगएकाहरु यो बर्ष लेक तिर जानेको संख्या भने बढी रहेको छ । सामान्य आय भएकाहरु यार्साको कमाईलाई वर्षभरीका लागी घर खर्च चलाउने गर्दछन भने ठुला व्यवासायीक व्यापारीहरु यार्सालाई व्यापारको आधार वनाउने गर्ने गर्दछन ।

यार्साको कमाई नै प्रमुख मान्ने यि वस्तीहरुका स्थानियहरु यार्साकासिजनमा सवै गाउँमा अन्य काम छाडेर पाटनमा लागेकाले गाउँमा चालु आर्थिक बर्षका विकास निमार्णका योजनाहरु समयमा सम्पन्न गर्न साना ठुला विकास निमार्णका काम पनी ढिलाई हुने र सम्पन्न गर्न प्रभावित पर्ने भएको कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभाष रावलले जानकारी दिए । साथै यो वर्ष यार्सा संकलनको बन प्रवेस दस्तुर रु ४० लाख ८ हजार संकलन भएको प्रमुख प्रशासकिय अधिकृत रावलले जनाए ।

लेकको पाटनहरुमा उग्लिएका स्थानियहरु मुगु ,कोईकी, टाके, सानोकोइकी रिमार, हाङदाङखोला, छापाखोला, दोल्फुको वन क्षेत्रका पाटनमा पाल र ओढारमा यार्सा टिप्नेकोे भरी भराउ भएको छ । वर्षेनी यार्सा टिप्ने मात्रै यसको संरक्षण नहुदा पनी वर्षेनी यार्सा संकलनको अनुभव अनुसार दोव्वर कम हुदै गएको वताउछन । उक्त यार्सा टिप्दै जाँदा संरक्षण नगरीदा केही वर्षमा लोेप हुने अवस्था रहेको छ ,अर्का तिर यार्सा टिप्न लेकतिर उग्लेकाहरुले वन्यजन्तुको लुकीछिपी शिकार गर्दै जाँदा पनी वन्य जन्तुको वर्षेनी विनास हुने गरेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.