गाउँपालिका उपाध्यक्षको देवरको निधनमा सार्वजनिक बिदा

रिपोर्ट नेपाल | 2022 Jun 19 | 02:53 pm 177

रुपन्देही, असार ५ः जिल्लाको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देवरको निधनमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको निधन भएकाले सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष गयाप्रसाद बरहीले जारी गरेको  सूचनामा गाउँपालिका कार्यालयदेखि विद्यालय र संघ संस्थाहरू सम्मलाई बिदा दिइएको उल्लेख छ । तर सूचनामा निधन भएका व्यक्तिको नाम भने उल्लेख छैन ।

प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले आफूलाई  बिदाको सूचना बारेमा जानकारी नरहेको बताए । आफू घर बिदामा रहेकाले बिदाका बारेमा आफूलाई जानकारी नभएको उनको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.