गाउँपालिकाका अध्यक्ष विप्लवका कार्यकर्ताबाट अपहरण

रिपोर्ट नेपाल | 2019 Dec 22 | 08:56 am 2283

दैलेख, पुस ६: जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन्।

शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनका भाइ हस्त शाहीले जानकारी दिए।

समूहमा आएका उनीहरुले प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको बताएको शाहीको भनाइ छ। अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको छ। सोधपुछ छ भन्दै अध्यक्ष शाहीलाई लिएर गएको भाइ हस्तले बताए।

उक्त समूहले भाइ हस्त शाहीलाई पनि आधाबाटोसम्म लिएर साढे १ बजेतिर छोडिदिएको उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भैनसकेको जनाएको छ। डिएसपी हरिबहादुर ओलीले भने, घटना सुन्नमा आएको छ, अपहरण नै हो वा होइन भन्ने पुष्टि भएको छैन। हामीले अनुसन्धान सुरु गरेका छौं। नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.