रौतहट, पुस ९: बुधबार बिहान जिल्लाको ईशानाथ गाउँपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु कार्यालय परिसरमा फेला परेको हो ।
शंकास्पद बस्तु फेला परेपछि उक्त क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
घटनास्थलमा अहिले नेपाली सेनाको डिस्पोजल टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिए । शंकास्पद वस्तु कसले राख्यो भन्ने पत्ता लागेको छैन ।