गाई फर्ममा आगलागी हुँदा १२ लाखको क्षति

रिपोर्ट नेपाल | 2022 Jul 29 | 03:57 pm 1517

काठमाडौं, साउन १३ः काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित गाई फर्ममा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । बाँकेको कोहलपुर नगरपालिका–११ घर भएकी ५७ वर्षीया भगवती लम्सालको गाई फर्ममा शुक्रबार आगलागी भएको हो ।

आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर नष्ट भई करिब १२ लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.