गाई जति खुशी त्यति नै पौष्टिक दूध

रिपोर्ट नेपाल | 2018 Jun 04 | 09:14 pm 2375

गाईको दूध एक सम्पूर्ण आहार हो । यो तथ्य संसारले मानिसकेको छ । हाम्रो शरीरको निम्ति आवश्यक लगभग सबै पौष्टिक तत्व गाईको दूधमा पाइन्छ । हालै नया“ के पनि पत्ता लागेको छ भने गाईको खुशी–सन्तुष्टिस“ग तिनले दिने दूधको पौष्टिकताको स्तर निर्भर रहन्छ ।

यो सुन्दा अनौठो लाग्ला, तर अनुसन्धानले यही सिद्ध गरेको छ । यदि तपाईं ज्यादा पौष्टिक दूध पिउन चाहनुहुन्छ भने पहिला आफ्नो गाई खुशी छ कि छैन भन्ने सुनिश्चित गर्नुस्, गाईलाई प्रशन्न तुल्याउने प्रयत्न गर्नुस् ।

हालै गरिएको एक अध्ययनले सिद्ध गरेअनुसार जब गाई खुशी हुन्छ अघिपछिभन्दा ज्यदा पौष्टिक दूध प्रदान गर्छ, जसमा क्याल्सियमको मात्रा पनि अधिक रहन्छ । जर्नल अफ एण्डोक्राइनोलोजीमा प्रकाशित विवरणअनुसार अमेरिकाको विस्कान्सिन–मेडिसिन युनिभर्सिटीकी लौरा हर्नाडिजको नेतृत्वमा हालै प्राणीमा खुशी प्रदान गर्ने एक रसायन ‘सेरोटोनिन’को सेवन र दूधको पौष्टिकताबीचको सम्बन्धबारे गहन अध्ययन गरिएको थियो ।

अनुसन्धानकर्ताको टिमले दुई दर्जन गर्भवती गाईलाई इन्जेक्सनमार्फत् सेरोटोनिन दिए । ती सबै गाईका रगत र दूधमा क्याल्सियमको स्तर अत्यधिक बढेको पाइयो, जबकि व्यवसायिक प्रयोजनद्वारा एक निश्चित बन्धनमा पालिएका गाईको दूधमा पौष्टिकताको मात्रा तुलनामक रूपमा निकै कम भेटियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.