गाई काटेको अभियोगमा खत्रीलाई १२ वर्षको जेल

रिपोर्ट नेपाल | 2018 Jun 03 | 03:36 pm 2969

सन्धीखर्क २० जेठ :  अर्घाखाँचीमा तीन ओटा गाई मार्ने यमबहादुर खत्रीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–२ का खत्रीले गाईको हत्या गरेको अर्घाखँची जिल्ला अदालतले प्रमाणित गरेपछि यो फैसला सुनाईएको हो ।

छिमेकीले दिएको जाहेरी अनुसार खत्रीले गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । खत्रीलाई मुलुकी ऐन चौपाया महलको १ नम्बर र ११ नम्बर बमोजिम कारबाही गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.