गाईभैँसीलाई घाँस हालेर फर्कँदै गरेकी महिलालाई खोलाले बगायाे

रिपोर्ट नेपाल | 2018 Aug 07 | 03:00 pm 2372

दोलखा, २२ साउन : गाईभैँसीलाई घाँस हालेर फर्कँदै गरेकी महिलालाई खोलाले बगाउदा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका वडा नं ६ लापिलाङस्थित लेप्टुङकी ३४ वर्षीया विष्णुमाया खड्काको घट्टे खोलाले बगाएर मृत्यु भएको हो ।

सोमबार अपराह्न गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कँदै गरेकी खड्कालाई खोलाले बगाएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार खड्काको शव घटनास्थलबाट दुई तीन फिट तल फेला परेको थियो ।

घटना सोमबार भए पनि राति अबेर मात्रै खबर प्राप्त भएकाले घटनास्थलमा आज बिहान मात्रै प्रहरी टोली पुगेको प्रहरी निरीक्षक काफ्लेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.