गाँजा बोकेको पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

| 2022 Nov 23 | 07:15 pm 201

सुनसरी,मंसिर ७ः सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले बुधबार करीव २ सय
१८ किलाे गाँजासहित एउटा पिकअप गाडीलाई सुनसरी जिल्लाको कोशी गाउँपालिका
३ स्थित पूर्वपश्चिम लोकमार्गको नहर चोकबाट नियन्त्रणमा लिएको छ ।

धनकुटाबाट जनकपुरतर्फ जाँदै गरेको को १ च. ८५२५ नम्बरको पिकअप गाडीलाई
विशेष सूचनाको आधारमा जाँच गर्दा तरकारीभित्र आठ वटा बोरामा लुकाई राखेको
गाँजा  फेला पारेको  हो ।

बरामद गाँजा तथा गाडी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।

चाँदीसहितएक जना नियन्त्रणमा 
कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका ६ डंगरीस्थित चेकप्वाईन्ट ईलाकाबाट प्रहरीले करीव २ लाख ४० हजार रुपैयाँ बराबरको २ सय १२ तोला चाँदीसहित भारत घर बताउने ५० बर्षिय देवेन्द्र नाथ मिश्रलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले चाँदिसहित नियन्त्रणमा लिएको हो । मिश्रलाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौलीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.