गाँजाको ठाउँमा कफी रोपौः डिआइजी राणा

रिपोर्ट नेपाल | 2023 Jul 20 | 01:06 pm 1697

मकवानपुर, साउन ४ । वागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले गाँजा अफिमको विकल्प नगदे बालीलाई प्रोत्साहन दिनुपर्ने कुरामा जोड दिएकी छन् ।

गाँजा खेतीको लागि चर्चित मकवानपुरलाई कफि खेतीमा परिणत गर्नुपर्ने भन्दै नायव महानिरीक्षक राणाले कफी खेतीलाई अघि सारेकी हुन् । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राक्सिराङमा गाँजा अफिमको विकल्प कफी खेती गर्नुपर्ने बताउँदै नायव महानिरीक्षक राणाको अगुवाईमा करिव चार हजार कफीका विरुवा रोपण गरिएको छ।

कफी रोपण कार्यक्रममा स्थानीय जनप्रतिनिधी, समाजसेवी संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । नायव महानिरीक्षक राणाले कफीको विरुवा रोपण गरेर शुभारम्भ गरिएको कार्यक्रममा वागमती प्रदेशका अन्य जिल्लामा पनि समन्वय गरेर रचनात्मक कार्यक्रम ल्याउने कुरा पनि राणाले बताएकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.