गर्भवती महिलाबाट कुपोषित बच्चा नहोस् भन्ने उद्देश्यले दलित बस्तीमा राहत वितरण

रिपोर्ट नेपाल | 2020 Jun 16 | 06:18 pm 1998

  • महेश सिंह

सिरहा, असार २ः लहान नगरपालिका वडा नम्बर १५ ढोढनामा दलित गर्भवती महिलाहरुलाई लक्षित गरी राहत वितरण गरेको छ। लकडाउनबाट प्रभावित परिवारका गर्भवती महिलाहरुलाई समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरण गरेका हुन् ।

गर्भवती महिलाहरुबाट कुपोषित बच्चा नजन्मियोस भन्ने उद्देश्यले पौष्टिक आहार अथवा गर्भवती माहिलालाई सुत्केरी अबस्थामा खाने कुरा लगायतका खाद्यान्नका सामाग्री वितरण गरेको छन् ।

गर्भवती महिलाहरुलाई लकडाउनको समयमा श्रीमानले काम नपाएकोले पाैष्टिक खाना नखाएकै कारण बच्चा जन्मिदा कुपोषण भएर बच्चा नजन्मियोस भने अभिप्रायले पौष्टिक आहार वितरण गरेको हाे ।

लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरी र समाजसेवी राम कुमारी दासकाे रोहवरमा लहान १५ ढोढनाका १७ गर्भवती महिलालाई राहतमा पौष्टिक आहार वितरण गरेका हुन् । राहतमा प्रति गर्भवती १० किलो चमाल, १किलो दाल, १ किलो चना, १ किलो मटर, १ पोका खाने तेल, १ प्याकेट नून, १ किलो स्याउ, १केजी अंगूर , १ केजी अनार , ६ पिस पाकेको केरा लगायतका खाद्यन्न सम्मानहरु वितरण गरेका छन्।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता महेश चौधरी र नेपाल महिला संघकी केन्द्रीय सदस्य संगीता कर्माचार्यको जोडीले बिगत तीन महिना देखि निरन्तर राहत बितरण गर्दै आएका  छन् ।

उक्त वडामा छैठाें पटक राहत दिन पुगेका चौधरी र कर्माचार्यलाई वडा अध्यक्ष तेज नारायण चौधरी र समाजसेवी राम कुमारी दासले गम्छा ओढाएर अभियान्ता जोडीलाई सम्मान गरेका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.