- महेश सिंह
सिरहा, चैत २४: विश्वमा माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण नेपालमा पनि फेला परेको छ।
उक्त भाईरसको संक्रमणबाट बच्न तथा फैलन नदिन नेपाल सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन लागू गरेको हो ।

लकडाउनले नेपालमा रहेको गरिब बिपन्न र ज्याला मजदुरी गर्ने मजदुरहरुको हातमुख जोर्न तथा परिवार पाल्न संकटमा परिरहेको अवस्थामा राहत वितरण गरिएको छ ।
सिरहाको लहान नगरपालिका १९ कटहामा शनिबार नेपाल विद्यार्थी संघ प्राविधिक परिषदको निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा नेपाल कुशवहा विद्यार्थी समाजको जिल्ला अध्यक्ष मुकेश कुमार महतोले राहत दिएका हुन् ।
ब्यक्तिगत आर्थिक सहयोगमा ३५ घर परिवारलाई चामल, दाल, आलु, खाने तेल, नुन लगायतका खाद्यन्न सममानहरु राहत स्वरुप बिपन्न परिवारलाई बितरण गरेको हो ।

स्थानीय चन्दनदेवी यादव, भोलबी महतो, हिताई महतो, रामलोचन महतो, रासलाल यादव, रामरति यादव, राम अशिष यादव, रामऔंतार यादव लगायतका ३५ घर परिवारलाई राहत बितरण गरेका छन्।
महतो विद्यार्थी नेतृत्वमा, राजनीतिमा युवा मध्ये सकृय रहेको स्थानीयहरुको भनाइ छ । नेपालमा कुनै किसिमको आपतकालिन समस्या परेको बेला आफनो समुदाय र समाज प्रति सदैब सहयोगको मार्गमा लम्किने गरेका महतो विभिन्न संघस्थामा प्रमुखको जिम्मेवारी निर्वाह गर्दै अगाडी बढीरहेको छ ।
महतोले बाल्यकालदेख् िनै राजनीतिमा अहम् भूमिका निर्वाह गर्दै आएका छन् । मुकेश स्थानीय स्तरमा विद्यार्थी राजनीतिमा चर्चाको विषय बने हो ।
लहान नगरपालिका १९ भित्र रहेको जागरुक युवा कलबको अध्यक्ष समेत रहेका छन् ।
राहत बितरण कार्यक्रममा समाजसेवी ओपेन्द्र महतोको विशेष पहल र सहयोगमा राहत बितरण भएको हो । साथै, राहत बितरण कार्यक्रममा जागरुक युवा कलबका दर्जनौं युवाहरुको सहभागिता रहेको संस्थाको सचिव नविन महतोले जानकारी दिए ।