काठमाडौं, साउन १ : विभिन्न प्रलोभनमा पारि मानव बेचविखान तथा ओसारपसारमा संलग्न एक पक्राउ परेका छन् । स्थाई घर पांचपोखरी गाउँपालिका १ भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका बस्दै आएका सुनिल कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा नगरपालिका स्थाई घर भई ललितपुर सातदोबाटो बस्ने ५३ वर्षीय राजेन्द्र बानिया ०७४/०२/२९ गते नै सोही मुद्दामा पक्राउ परि सकेका छन् । सोही मुद्दामा तामाङ लामो समय देखि फरार थिए । तर केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा सोमबार काठमाडौंका शंकरापुर नगरपालिका ६ बाट पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा नगरपालिका स्थाई घर भई ललितपुर सातदोबाटो बस्ने ५३ वर्षीय राजेन्द्र बानिया ०७४/०२/२९ गते नै सोही मुद्दामा पक्राउ परि सकेका छन् ।
उनीहरूले आकर्षक तलबको प्रलोभनमा पारी गरिबी तथा सोझोपनको फाइदा उठाउँदै दुबई हुँदै ओमन सम्म पुर्याउने गरेको प्रहरीले जनाएको छ । ओमन पुर्याई शारीरिक तथा मानसिक यातना दिई २१ महिनासम्म घरेलु कामदारको रुपमा काम लगाई चरम यातना पाईरहेको अवस्थामा नेपाली राजदुतावासको सहयोगमा नेपाल फिर्ता भएकाहरुले उनीहरुविरुद्ध जाहेरी दिएको थियो ।
उनीहरुविरुद्ध मानव वेचविखन तथा ओसारपसार मुद्दामा आज नै जिल्ला अदालत काठमाण्डौंमा पेस गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।