गम्भीर संक्रमित भर्ना दरमा केही कमी

| 2021 Jun 10 | 08:23 am 93

काठमाडौं, जेठ २७ः कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ हजार ३ सय १२ आईसीयू र ३ सय ७५ संक्रमित भेन्टिलेटरमा छन् । यसअघि, मंगलबार १ हजार ४ सय ३४ जना आईसीयू र ३ सय ९७ भेन्टिलेटरमा उपचाररत थिए । बुधबार देशभर प्रदेश १ मा २ सय २ आईसीयू र ४९ भेन्टिलेटर, प्रदेश २ मा ६७ आईसीयू र १८ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ७ सय २४ आईसीयू र २ सय ४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयले संक्रमण जोखिम कायम रहेको भन्दै मास्क समुचित प्रयोग, भौतिक दूरी कायम र सरसफाईमा ध्यान दिन आग्रह गर्दै आएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सातै प्रदेशका सामाजिक, स्वास्थ्यतथा जनसंख्यामन्त्रीसँग बुधबार छलफल गरेका छन् । मन्त्री तामाङले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनस“गै जनजीवन रक्षाका लागि दत्तचित्त भएर लाग्न निर्देशनसमेत दिएका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.