काठमाडौँ ०७ भदौ / तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् । घाइतेहरूलाई बकेट स्टेचरको माध्यमबाट उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उद्धार गर्न सेनाका हेलिकप्टर घटनास्थलमा परिचालन गरिएको छ । भारतीय नम्बर–७६२३ नम्बरको बसमा चालक दलका दुई जना र ४१ जना यात्रु सवार थिए ।
दुर्घटनामा १५ जनालाई अचेत र १४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो। घाइतेहरूको उद्धारका लागि काठमाडौंबाट मेडिकल टिम लिएर सेनाको हेलिकोप्टर बस दुर्घटनास्थल गएको थियो। नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,गोताखोर र स्थानीयहरू उद्धारमा खटिएका छन्।