गभर्नर बिरुद्द सर्वोच्च रिटमा

| 2023 Dec 29 | 10:05 am 649

काठमाडौँ , पुष १३ । शैक्षिक योग्यतामा प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सर्वोच्च अदालतमा परेको रिटमा आज पेशी तोकिएको छ ।

अधिवक्ता दीपक राज जोशीसहित ४ जना अधिवक्ताहरुले गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ ।

रिट दायरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई अधिकारीको नियुक्त्ति तत्काल बदर हुनु पर्ने माग गर्दै रिट दायर गरेका थिए ।

अधिकारीलाई गभर्नर बनाउने २०७६ चैत २४ गतेको नेपाल सरकारको निणर्य उत्प्रेषणको आदेशबाट बदर गर्दै न्यूनतम योग्यता नपुगेकाले अधिकारी विरुद्ध रिट जारी हुनु पर्ने माग गरिएको छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्चनैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नाकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेमा व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.