गण्डकी र लुुम्बिनी प्रदेशलाई जोड्ने राम्दीमा नयाँ पक्की पुल निर्माणको काम सुुरु

| 2023 Dec 12 | 12:13 pm 269

स्याङजा, मंसिर २६ / गण्डकी प्रदेश र लुुम्बिनी प्रदेश लाई जोड्ने गरी स्याङजाको गल्याङ नगरपालकिा १ राम्दी स्थित कालीगण्डकीमा पक्की पुल निर्माणको काम सुुरु भएको छ ।

सिद्धार्थ राजमार्ग निर्माण भएका बेला वि.सं २०२८ सालमा ट्रस सहितको फलामे पुल निर्माण भएको थियो । पछिल्लो समय पुल कमजोर बन्दै गएपछी १० टन भन्दा धेरै समान बोकेका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको थियो । 
५२ बर्षअघि बनेको पुल कमजोर भएपछि नयाँ पुल निर्माण सुरु भएको पुल सेक्टर पोखराका आयोजना प्रमुख तथा इञ्जिनियर आशिक रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुशार २०८२ असार मसान्तभित्र निमार्णको काम सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्स्ट्रक्सनले करीब २७ करोड ७१ लखको लागतमा निमार्णको काम अगाढी बढाएको हो ।
निर्माण हुन लागेको पुलको चौडाइ ११ मिटर तथा लम्बाइ १ सय ८ मिटर रहने छ । नयाँ बन्न लागेको पुलको भारवाहन क्षमता ४० टनसम्मको रहने छ ।

पुल बनेपछि ठुुला सवारीसाधन चल्ने भयकाले ब्यापार व्यवसायमा पनि सहज हुने स्थानीय शिवहरी अमात्यले जानकारी दिनुभयो ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.