काठमाण्डौ ०५ बैशाख / गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेलाई बोलाइएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दिउँसो ३ बजेलाई अधिवेशन आह्वान गरेका हुन् ।
देश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिस अनुसार वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए।
मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी रहेका छन्।