गण्डकी प्रदेशमा संचालन हुने भूपू सैनिक सम्मेलनको प्रत्यक्ष प्रसारण 

रिपोर्ट नेपाल | 2021 Feb 09 | 07:11 pm 2529

काठमाडाैं, माघ २७ः नेपाली सेनाको व्यवस्थापन र श्री कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा भोलि बुधबार आयोजना हुन लागेको गण्डकी प्रदेश स्तरीय भूतपूर्व सैनिक सम्मेलन-२०७७ अन्तर्गत श्री पश्चिम पृतना हेडक्वाटर पोखरामा संचालन हुने मुख्य कार्यक्रम Max Cable TV बाट प्रसारण हुने Fewa TV बाट विहान ११ बजेबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा वसोवास गर्ने नेपाली सेनाका भूतपूर्व सदस्यहरुलाई लक्षित गरी संचालन हुने उक्त सम्मेलनको प्रत्यक्ष प्रसारण हेर्न ईच्छुक महानुभावहरुलाई सोही Cable TV बाट प्रसारण हुने FewaTV HD, FewaTV को Youtube Channel साथै FewaTV को Facebook Page बाट समेत हेर्न अनुरोध गरिएकाे छ।

प्रत्यक्ष प्रसारण हेर्न समय नमिलेमा सोही TV बाट २९ गते बिहीबार ११ बजे पुन: प्रसारण गरिने  जानकारी गराइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.