गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ

रिपोर्ट नेपाल | 2024 Nov 12 | 11:49 am 353

काठमाडौँ २७ कार्तिक / गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङलेलाई सीआईबीका डीएसपी नेतृत्वको टिमले काठमाडौंको सानोभर्‍याङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरि लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा लगिएको छ ।

कार्तिक २० मा सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालतले गरेको फैसला सदर गर्दै ५ वर्ष कैद सजाय हुने फैसला गरे पछि फरार रहेका थिए। आफूले चलाउने मोबाइल काठमाडौँ उपत्यका बाहिर पठाएर काठमाडौँमा लुकेर बसेको सूचनाका आधारमा उनी पक्राउ परेका छन् ।

मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । तरबार प्रहार गरेर गुन्डा नाइके चक्रे मिलनको हात छिनाएको घटनामा उनी यसअघि २ वर्ष जेल बसिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.