कास्की, जेठ १०ः गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गरी स्वतन्त्र निर्वाचन सम्पन्न गर्नका लागि उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली सहित १३ जना प्रहरी अधिकृतलाई रेकर्डमा गनिने गरी पुरस्कृत गरेको छ ।
यसरी पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापा, नवलपुरका प्रमुख प्रज्वल महर्जन, तनहुँका प्रमुख राजेन्द्र बाबु रेग्मी, स्याङ्जाका प्रमुख राजिवबहादुर बस्नेत रहेका छन् ।
त्यस्तै पर्वत, मुस्ताङ लगायत विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुख समेत पुरस्कृत भएका छन् । स्मरण रहोस् पुरस्कृत भएका मध्ये बागलुङ जिल्ला सबै भन्दा जोखिम जिल्ला हो ।
बागलुङको इतिहासमा पुनः निर्वाचन गर्नु नपरेको यो पहिलो पटक हो । यस्तो हुनुमा कुनै जादु नभए एसपी दायानिधिको कुशलता भएको जिल्लाका राजनीतिकर्मी बताउँछन् ।