गणेश भट्ट अभिनित जीवन साथीको पोस्टर सार्वजनिक

रिपोर्ट नेपाल | 2023 Apr 19 | 06:09 pm 769

काठमाडौं, बैशाख ६ः गणेश भट्ट अभिनित नयाँ म्युजिक भिडियो ‘जीवन साथी’ को पोस्टर सार्वजनिक गरिएको छ। बुधबार अनामनगरमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको हो।

No description available.

पछिल्लो समयका चर्चित मोडेल भट्टलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन्। सिवजी डान्स सेन्टरको व्यानरमा निर्माण गरिएको गीतमा शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वर रहेको छ।

No description available.

म्युजिक भिडियोलाई शिवजी खत्रीले निर्देशन गरेका हुन्। भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका छन्। म्युजिक भिडियोलाई केही दिनमै बजारमा ल्याउने तयारी गरिएको निर्माण टिमले जानकारी दिएको छ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.