काठमाडौं, असार ९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यहि प्रवृती रहिरहने हाे भने गठबन्धनकाे कुनै औचित्य नहुने बताएका छन् । गठबन्धन जसरी अगाडी जानु पर्ने थियाे त्यसरी जान नसकेकाे बताउँदै महामन्त्री थापाले यहि किसिमले चित्त नबुझ्नेगरी काम गरे गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने फेर्ने कुरा नौलो नभएको बताए ।
महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको उल्लेख गरे । उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरू एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने बताए ।
उनले संसद्मा समानुपातिक निर्वाचन प्रणाली नराख्न पनि आग्रह गरे । “हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? हाउस समावेशी बनाउने अरु तरिका पनि छन्,” उनले भने, “हाम्रो हाउस समावेशी बनाऔँ तर निर्वाचन प्रणाली बदलौँ ।