काठमाण्डौ ०३ चैत / नयाँ सत्ता गठबन्धनको कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेको छ । कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेतालाई बुझाएको हो ।
न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुझेका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा कार्यदलको प्रतिवेदन बुझ्दै शीर्ष नेताहरूले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने जनाएका छन् ।