गठबन्धनको मर्म अनुसार काम गर्न-कांग्रेसका मन्त्रीहरूलाई देउवाको निर्देशन

रिपोर्ट नेपाल | 2025 Jan 16 | 11:41 am 285

काठमाडौँ, माघ ०३ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई गठबन्धनको मर्म अनुसार काम गर्न निर्देशन दिएका छन् । सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुसँग छलफलका क्रममा निर्देशन दिएका हुन ।
बुढानीलकण्ठस्थित आफ्नै निवासमा मन्त्रीहरुले देउवालाई सम्बन्धित मन्त्रालयको कामकारबाही, योजना, उपलब्धिलगायतको विषयमा बिफ्रिङ गरेको बुझिएको छ ।

छलफलको सुरुमै देउवाले मन्त्रीहरूलाई गठबन्धनको मर्म अनुसार अघि बढ्न निर्देशन दिएक हुन् । मन्त्रीहरूले पनि सोचेअनुरूप काम गर्न नसकेको गुनासो गरेका थिए । जवाफमा कांग्रेस नेतृत्वले त्यसको समाधान गरेको बताएको छ । कांग्रेसको तर्फबाट सरकारमा १० मन्त्री र २ राज्यमन्त्रीसहित १२ मन्त्री सहभागी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.