गजुरी ईप्रकाद्वारा निरन्तर प्रशिक्षण कार्यक्रम संचालन

रिपोर्ट नेपाल | 2019 Nov 20 | 07:29 pm 2426

धादिङ, मंसिर ४: ईलाका प्रहरी कार्यालय गजुरीले समुदाय प्रहरी कार्यक्रमको प्रभावकारी झल्को सहित विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरेको छ ।

ईलाकाको कार्यक्षेत्र अन्तरगत पर्ने गजुरी, बेनिघाट रोराङ, सिद्धलेक र गल्छी गाउँपालिकामा रहेको विभिन्न उच्च माध्यमिक र माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई साइवर अपराध बिरुद्धको सचेतना कार्यक्रम संचालन गरेको हो ।

अघिल्लो महिना ईलाका प्रहरी कार्यालय गजुरीमा उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काको अध्यक्ष्यतामा कार्यक्षेत्र अन्तरगत पर्ने उच्च र माद्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको भेला गरी समुदाय प्रहरी साझेदारी अन्तरगतको कार्यक्रम गरिएको थियो ।

उक्त सचेतना कार्यक्रमहरुको क्यालेन्डर निर्माण गरे पश्चात् सचेतना कार्यक्रमलाई तिब्रता दिएको हो ।

ईलाकाको कार्यक्षेत्र अन्तरगत रहेका प्रत्येक विद्यालयमा ३ वटा सचेतना कार्यक्रम (साईवर अपराध, लागु औषध नियन्त्रण र घरेलु हिंसा) एक बार्षिक क्यालेण्डरमा अनिवार्य रुपमा संचालन गर्ने गरि उक्त क्यालेण्डर निर्माण गरिएको थियो ।

समाजमा बढ्दै गइरहेको मोबाइल लगायतका प्रविधीहरुको प्रयोग गर्ने सन्दर्भमा पछिल्लो समयमा विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुविभिन्न किसिमका अनलाइन गेमहरुमा संलग्न हुने गरेका छन् ।

त्यस्ता गेमा कारण विद्यार्थीहरुको पठनपाठनमा प्रतिकुल असर पर्नुको साथै मोबाइलकै कारण पारिवारीक झैझगडाको साथै मिलेर बसेको परिवारजनहरुमा किचलो हुने गरेको पाइन्छ ।

यसले गर्दा नेपाली संस्कार समेत हराउदै गएको सन्दर्भमा भोलीको समाजको नेतृत्व गर्ने विद्यार्थीको समूहलाई साइवर अपराध बिरुद्धको सचेतना कार्यक्रममा मुख्य प्राथमिकता दिई सहभागि बनाउंदै आइरहेको छ ।

प्रहरीले समुदाय प्रहरी साझेदारीको ब्यानर राखेर केबल फोटोको लागि मात्र कार्यक्रमको संख्या बढोत्तरी गर्ने भन्दा पनि प्रभावकारी रुपमा प्रशिक्षण कार्यक्रम संचालन गरी युवा र विद्यार्थी जगतलाई साइवर अपराध लगायतका विभिन्न सामाजिक अपराधहरुमा संलग्न नहुन र ती अपराधहरु न्यूनीकरण गर्नको लागि बिषयवस्तुमा केन्द्रित रही कार्यक्रम राखिएको हो । ईलाका प्रहरी कार्यालयका डिएसपी खगेन्द्र बहादुर खड्काले बताए ।

पछिल्लो समय गजुरी, बेनिघाट रोराङ, सिद्धलेक र गल्छि गाउँपालिकाको विद्यालयहरुमा नियमित रुपमा कार्यक्रम संचालन गर्नको लागि ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डे नियमित रुपमा खटिएका छन् ।

प्रहरीले दैनिक गर्नु पर्ने कामको प्रमुख अंगको रुपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगतको सचेतना कार्यक्रमलाई लिएको र सोही कार्यलाई मुर्तरुप दिनको लागि उनी हातमा ल्याबटव र प्रोजेक्टर बोकेर लगभग दर्जन बढी विद्यालयहरुमा प्रशिक्षण दिइसकेका छन् ।

प्रशिक्षणको क्रममा विद्यार्थीहरुले अत्यन्त रुचिपूर्वक कार्यक्रममा सहभागी हुने गरेको र शिक्षक, स्थानीय बासिन्दा तथा स्थानीय निकायका जनप्रतिनिधी लगायतबाट सकारात्मक सहयोग प्राप्त भएको निरीक्षक पाण्डेले बताए ।

बुधबार गजुरी गाउँपालिका वडा नम्बर २ को विकट स्थानमा पर्ने पिपल भन्ज्यांङ मा.वि.को कक्षा ९, १० र ११ मा अध्ययनरत करिब ८० जना विद्यार्थी तथा शिक्षकहरु समेतलाई साइबर अपराध बिरुद्धको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रहरी निरीक्षक भोजराज पाण्डेले साइवर अपराध भनेको के हो ? नेपालमा के कस्तो प्रकारका साइवर अपराधहरु हुने गरेका छन् ? साइबर अपराधबाट बच्नको लागि अपनाउनु पर्ने साबधानी तथा इमेल इन्टरनेट चलाउंदा ध्यान दिनु पर्ने कुराहरु र विद्युतीय अपराध ऐन २०६३ ले व्यवस्था गरेको कानूनी प्राबधानहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.