गंगामायाका ‘सम्पर्कविहीन’ छोरा नूरप्रसाद नियन्त्रणमा, आमालाई जिम्मा लगाउने प्रहरीको तयारी

| 2018 Aug 05 | 05:00 pm 1750

 काठमाडौं, साउन २० : गोरखा भुजेलकी गंगामाया अधिकारीको आग्रहमा छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । गंगामायाका अर्का छोरा कृष्णप्रसाद अधिकारी हत्याको सुनुवाई आइतबार चितवन अदालतमा भइरहेका बेला अर्का छोरा नुरप्रसादलाई भने प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएकाे हो ।

छोरा नुरप्रसाद लामो समयदेखि आमा गंगामायको सम्पर्कमा थिएनन् । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरज प्रताप सिंहले प्रहरीले कुनै मुद्दाको आधारमा नभई आमा गंगामाया अधिकारीले खोजि गरिदिन आग्रह गरेपछि उनलाई पक्राउ गरिएको बताए । पक्राउ परेका नुरप्रसादलाई आमा गंगामायको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।

लामो समयको अनशन तोडेपनि गंगामाया वीर आस्पतालमै छन् । बाबु नन्दप्रसादको अनशनमै मृत्यु भएदेखि नुरप्रसाद आमाको सम्पर्क बाहिर थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.