झापा, जेठ २ः जिल्लाको बिर्तामोड नगरपालिका ७ खालवाडी स्थित देउनिया खोलामा बगेका एक बालकको एपीएफ टोलीले जीवितै उद्वार गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश गोलधापबाट डियुटीमा खटिएको एपीएफ टोलीले उक्त बालकलाई खोलामा बग्दै गरेको अवस्थामा देखेपछि तत्कालै जिवितै उद्वार गरेको हो ।
ती बालक सोही ठाउँका ३ बर्षीय बिष्णु ठटाल रहेका छन् । उद्धारपछि एपीएफ टोलीले ती बालकलाई परिवारको जिम्मा लगाएको छ ।
एपीएफ टोलीद्वारा गाँजा बरामद
पर्सा जिल्लाको ठोरी गाउँपालिका ४ स्थित शिकारीबास जंगलबाट एपीएफ टोलीले करीव १५ किलाे गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हो ।
उक्त गाँजा ल्याउँने व्यक्तिहरुले गस्तीमा रहेको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै गाँजा फाली फरार भएका थिए ।