खोलाले बगाई बेपत्ता भएका ६ जनाको शव फेला

रिपोर्ट नेपाल | 2020 Aug 19 | 09:22 pm 1781

अछाम, भदौ ३ः जिल्लाको रामारोशन गाउँपालिका ५ शैनी बजार स्थित कैलाश खोलाको नजिकै रहेका २२ घर बगाउदा बेपत्ता भएका छ जनाको शव फेला पारिएको छ ।

उक्त खोलाले बगाई अन्य ११ जना बेपत्ता भएको बताईएको छ ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४९ गुल्म अछामबाट खटिएको एपीएफ टोली उनीहरुको खोजी तथा उद्वार कार्यमा खटिएको थियो ।

अन्य बेपत्ता भएकाहरुको खोजी तथा उद्वार कार्यमा एपीएफ टोली सकृयताकासाथ जुटेको छ ।
एपीएफ टोलीद्वारा श्रोत नखुलेको ६ लाख ४० हजार

चोरीपैठारीको सामानसहित दुई जना पक्राउ

धनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिका १ स्थित सीमा ईलाकाबाट टोलीले चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ बस्ने २४ वर्षीय मोहमद नाजिम र धनुषा जिल्लाको नगराईन नगरपालिका ३ बस्ने राधेश्याम महतो रहेका छन् ।

भन्सार छली अवैध रुपले दुई वटा मोटरसाईकलमा राखी ल्याउँदै गरेको उक्त लत्ताकडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

उक्त लत्ताकपडा ल्याउन प्रयोग गरेको दुई वटै मोटरसाईकल समेत बरामद गरिएको छ ।

त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टा स्थित सीमा ईलाकाबाट बुधबार एपीएफ टोलीले करीव छ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्टस् तथा विभिन्न किसिमको औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

यसैगरी बारा जिल्लाको पचौरोता नगरपालिका ८ लंगडा चोकबाट एपीएफ टोलीले करीव एक लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले चार वटा मोटरसाईकलमा राखी ल्याउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश तेलकुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको चार वटै मोटरसाईकल समेत बरामद गरेको छ ।

बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.