खोप प्रयोगबाट बालबालिकामा निमोनिया संक्रमण घट्दै

रिपोर्ट नेपाल | 2019 Nov 14 | 08:57 am 3424

काठमाडौं, कात्तिक २८: निमोनिया विरुद्धको खोप प्रयोग गरेका बालबालिकामा निमोनिया संक्रमण घट्दै गएको एक अध्ययनले देखाएको छ। निमो नेपालले बुधबार विश्व निमोनिया दिवसको अवसरमा अध्ययनको तथ्यांक सार्वजनिक गरेको छ। नेपालले दिवसको अवसरमा पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो।

अध्ययनले चार वर्षदेखि नियमित निमोनिया विरुद्धको खोप लिएका बालबालिकामा निमोनिया घट्दै गएको औल्याएको छ। करिब ५० प्रतिशत बालबालिकाको नाकमा निमोनियाको किटाणु नभएको र निमोनियाको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या करिव ५० प्रतिशतले घटेको जनाइएको छ।

अध्ययनले निमोनियापछि अभिभावकको बालबालिकामा मासिक हुने उपचार खर्चसमेत घटेको छ। खोप कार्यक्रम सञ्चालन हुनुअघि निमोनियाकै कारण प्रति परिवारको प्रति बालबालिकामा मासिक १३ हजार २ सय ५० रूपैयाँ उपचार खर्च हुन्थ्यो। रोग नियन्त्रणको लागि खर्च भएको तुलनामा उपचार खर्च घटेको कारण यो खोपले प्रत्येक परिवारलाई गरिबीमा धकेल्न समेत बचाएको अध्ययनले जनाएको छ। नागरिक दैनिकमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.