खैरो हेरोइनसहित एक जना प्रहरी फन्दामा

रिपोर्ट नेपाल | 2020 Jun 06 | 08:47 am 1797

कञ्चनपुर, जेठ २४ः अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा  भीमदत्त नगरपालिका–४ सब्जिमण्डीका ४० वर्षीय जीवन भट्ट रहेका छन्।

भट्टलाई प्रहरीले लागूऔषध खरिद बिक्री एवं ओसारपसार गरेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो। उनकाे साथबाट १५ ग्राम ३५ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए।

पक्राउ परेका भट्टमाथि आवश्यक अनुसन्धानको कार्य भैरहेको प्रहरीले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.