खेलकूदमन्त्री विश्वकर्मा ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

| 2018 Dec 10 | 02:36 pm 1653

काठमाडौं, मंसिर २४ :  युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित भएका छन् । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले दमन्त्री विश्वकर्मालार्इ अवार्ड दिइएकाे हाे ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक समारोहबीच मन्त्री विश्वकर्मालाई आइतबार सो सम्मान प्रदान गरेको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकेले जानकारी दिए । दलित आन्दोलनका अगुवा तथा भारतीय संविधानका निर्माता डा भीमराव अम्वेडकरको नाममा स्थापना गरिएको हो । दलित आन्दोलन, कला, साहित्य, अध्ययन र अनुसन्धानको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई एकेडेमीले प्रत्येक वर्ष पुरस्कृत गर्ने गरेको छ ।

मन्त्री विश्वकर्माले आफूले पाएको सम्मान, जातीय विभेद र छुवाछुतविरुद्धको, सामाजिक न्याय, समानता र मानव मर्यादाको आन्दोलन, नेपाली दलित मुक्ति आन्दोलनकै सम्मान भएको बताए ।

हिन्दू धर्म र वर्णाश्रम व्यवस्था, जाती व्यवस्था, धर्म, संस्कार, राजनीति तथा विभिन्न दर्शनशास्त्रको गहन अध्ययन गरी डा अम्वेडकरले दिएका विचार उत्पीडित दलितको मुक्ति र सङ्घर्षका लागि सदाबहार प्रेरणादायी र मार्गदर्शक भएको बताउँदै मन्त्री विश्वकर्माले एकेडेमीले उनका विचारलाई चिरस्थायी बनाउन र दलित आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न गरेको कामको प्रशंसा गरे ।

एकेडेमीले ३४औँं सम्मेलनका क्रममा दलित आन्दोलनमा योगदान पुर्‍याएका दक्षिण एशियाका दलित आन्दोलनकर्मीलाई विभिन्न विधाका अवार्ड वितरण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.