काठमाडौं, असाेज ८: सत्तरूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य जमीन एक टुक्रो पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसानलाई आग्रह गरेका छन्।
बुधबार (नेकपा ) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले ल्याएका याेजनाबारे पनि जानकारी गराए।
सम्बाेधनका क्रममा प्रमले भने म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमिन, सिँचाई र उत्पादनबारे राम्रोसँग थाहा छ, सिँचाई र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गरी लाभ लिन सकिन्छ।
सरकारले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेकाे पनि बताए। यसैगरी संयन्त्र र विज्ञलाई जमिनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेकाे जनाए ।
साथै सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणहित लाभ लिने र निर्यात गर्न सक्ने हैसियत बनाउनुपर्ने बताए । सरकारले कृषि क्षेत्रलाई दिँदै आएकाे अनुदान र राहत निरन्तर चलिरहने जनाए ।