खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 26 | 03:15 pm 1445

काठमाडौं, माघ १२: गत शुक्रबार काभ्रेस्थलीको जंगलमा खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रसुवा उत्तरगया गाउँपालिका ३ खड्कुका ३६ वर्षीय तेन्जिङबहादुर तामाङ, नुवाकोट दुप्चेश्वर गाउँपालिका ६, कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउँपालिलका ५ गोलजुङका ३८ वर्षीय दावाछिरिङ तामाङ, दाङ पुरन्धारा ९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर, रामेछाप मन्थली नगरपालिका ९ का ३६ वर्षीय कुमारबहादुर बुढाथोकी र रसुवा उत्तरगया गाउँपालिका २ खड्कुका २८ वर्षीय संजित वाइबा रहेका छन्।

उनीहरुले काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गरेका थिए ।

पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

गुरुङलाई बल्ने ढुङ्गो भेटिएको र पैसा लिएर आउनु भन्दै फोन गरी बोलाएर आँखामा खुर्सानीको धुलो छर्केर रकम लुटिएको जनाइएको छ ।

लुटिएको ५० लाख रकममध्ये प्रहरीले उनीहरूको साथबाट १८ लाख ७५ हजार पाँच सय रुपैयाँ नगदसहित ४ थान मोटर साइकल, सुनको औंठी, विभिन्न बैकका चेक र मोबाइलहरू बरामद गरेको छ। अन्य रकम भने उनीहरूले विभिन्न प्रयोजनमा खर्च गरिसकेको एसपी मुकेश कुमार सिंहले बताए।

गुरुङ्ग नेपाली सेनाका पूर्व सुवेदार र अहिले जग्गा कारोबारी रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.