खुर्पा प्रहारबाट एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Nov 01 | 09:48 pm 2026

नुवाकोट, कात्तिक १५: नाताले आफ्नै फुपु पर्ने एक महिलाले खुर्पा प्रहार गरी नुवाकोटमा ३ वर्षीय बालकको ज्यान लिएका छन् । बेलकोटगढी नगरपालिका वडा नम्वर–१२ को देउराली लामाटोलकी २८ वर्षीया पार्वती रानामगरले शुक्रबार साँझ खुर्पा प्रहार गर्दा आफ्नै तीन वर्षीय भदा सुजन रानामगरको ज्यान गएको हो ।

बालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिए । घरमा कोही नभएको मौकामा खुर्पा प्रहार गरी आफ्नै भदाको ज्यान लिने फुपु पार्वती फरार रहेकी थिइन् । तर केही बेरमै उनलाई प्रहरी उनलाई नियन्त्रणमा लिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.