काठमाडौं, मंसिर १८ : काठमाडौं महानगरपालिका ९ स्थित गौशाला चोकबाट धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा भारत बिहार घर भई काठमाडौं तिलगंगामा बस्दै आएका १८ वर्षीय आनन्द कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले सर्लाही हरिवन घर भई हाल काठमाडौं गौशाला बस्ने ३० वर्षीया प्रमिला वाग्ले अधिकारीलाई खुकुरी प्रहार गरेका थिए । घाइते भएकी प्रमिलालार्इ उपचारको लागी ओम अस्पताल चाबहिल लगिएको प्रहरीले बताए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।