खुकुरी प्रहार गरी श्रीमान्को हत्या

रिपोर्ट नेपाल | 2020 Sep 30 | 08:43 am 1929

दोलखा, असाेज १४ः दोलखाको शैलुङ गाउँपालिका–८ मनगाउँममा  एक महिलाले कोदालो तथा खुकुरी प्रहार गरी श्रीमान्को हत्या गरेकी छन् । श्रीमान्ले आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै गाली गर्न थालेपछि आवेगमा आएर कोदाली तथा खुकुरी प्रहार गरी हत्या गरेको छिमेकीले बताएका छन् ।

मनगाउँकी ४७ वर्षीया दुर्गामाया श्रेष्ठले ५२ वर्षीय श्रीमान् हस्तनारायण श्रेष्ठलाई सोमबार राति टाउकोलगायत शरीरका विभिन्न भागमा खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ सोमबार राति १२ः४५ बजे नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा पाँच जना र मागापौवा चौकीबाट चार जनाको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त दुर्गामायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.