खुकुरी प्रहारबाट श्रेष्ठ गम्भीर घाइते

रिपोर्ट नेपाल | 2019 Feb 18 | 02:10 pm 1655

चितवन, फागुन ६ : खैरहनी नगरपालिका–१ ज्यामिरेका ३२ वर्षीय बिकाश श्रेष्ठ धारिलो हतियार खुकुरी प्रहारगरी गम्भीर घाइते बनाएका छन् ।
खैरहनी नगरपालिका–५ गौचरणको चौरमा बसिरहेका श्रेष्ठलाई नम्बर नखुलेको मोटरसाइकल र स्कुटीमा आएका अपरिचित ४ जना व्यक्तिहरुले खुकुरी प्रहार गरी फरार भएका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गरी फरार रहेका अभियुक्तहरुको प्रहरीले तिब्र रुपले खोजी गर्नुका साथै यस विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.