बर्दिया, कार्तिक २७ । दुई समूहबीच झगडाहुँदा गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का एक युवकको हत्या भएको छ । खुकुरी प्रहारबाट गम्भिर घाइते भएका २३ वर्षीय बरुण घिमिरेको हत्या भएको हो ।
घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
गए रातीको झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।