खातुनकाे हत्या आराेपमा साैतेनी आमा सहित तीन पक्राउ

रिपोर्ट नेपाल | 2023 Nov 19 | 03:35 pm 1193

काठमाडौं मङ्सिर ३। सर्लाहीमा किशोरीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको हरिवन नगरपालिका–११, बालगंगाकी १७ वर्षीया तबसुन खातुनको हत्या गरेको आरोपमा शुक्रबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा तबसुनकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, तबसुनका मामा ५५ वर्षीय शेख जिलानी र जिलानीका छोरा २४ वर्षीय शेख असजद रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गएको कात्तिक २६ गते परिवारका सदस्य मिलेर तबसुनको हत्या गरेको र शवलाई बालगंगास्थित चिहानमा गाडेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

त्यसपछि घटना अनुसन्धानका निम्ति इलाका प्रहरी कार्यालय हरिवनबाट टोली खटिएको थियो । सोही प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.