खाजाघरमा यौनधन्दा : प्रहरीले छापा मार्दा सञ्चालक गाँजासहित र चार युवती पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 12 | 04:25 pm 4244

भक्तपुर २९ जेठ : खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित ‘गगनचुम्बी’ खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको हो ।

खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिए ।

सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.