खसीको मासु भनि बाख्राको मासु बेच्ने व्यक्ति नियन्त्रणमा

| 2023 Nov 04 | 01:57 pm 1013

जनकपुर, कार्तिक १८ । खसीको मासु भनी बाख्राको मासु बेच्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ईलाका प्रहरी कार्यालय धनुषाबाट  खटिएको गस्ति टोलीले धनुषा क्षिरेश्व रनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर  वस्ने गुल्जार महम्मदले संचालन गरेको साहिल फ्रेस हाउँसमा  चेक जाँच गर्दा  गुल्जार महम्मदले आफ्नो पसलको अगाडी खसीको मासुको सानो टुक्रा संगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बाख्राको मासु विक्री गरेको प्रहरीले जनाएको छ ।
खसीको मासु सँग मिसाएर विक्रिका लागि राखेको ८ केजी बाख्राको मासु प्रहरीले बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.