काठमाडौ, साउन ९ । संसदमा गएर ऐन नियम बनाउँछु भन्दै उम्मेदवार बनेका कैंयौ उम्मेदवारले नै निर्वाचन आयोगको ऐन नियमलाई अटेर गरी खर्च विवरण नबुझाए पछि त्यस्ताबाट सर्वसाधारण मतदाताले के आशा गर्ने ?
गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार भई निर्वाचन आयोगलाई बुझाउनु पर्ने खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारहरूलाई आयोगले जरिवाना सहित कारबाही गर्ने भएको छ ।
सात दिन भित्र खर्च विवरण बुझाई तोकिएको १५ हजार जरिवाना बुझाउन आयोगले निर्देशन दिदै विवरण नबुझाउने उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
मंगलबार निर्वाचन आयोगले जारी गरेको विज्ञप्तीका अनुसार हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएको जनाएको छ ।
सूची सहित
[pdf-embedder url=”http://reportnepal.com/wp-content/uploads/2023/07/खर्चको-विवरण-सार्वजनिक-नगर्दा-रु-१५-हजार-जरिवाना-परेका-उम्मेदवारहरूको-विवरण-2080-04-09-FINAL-2.pdf” title=”खर्चको विवरण सार्वजनिक नगर्दा रु १५ हजार जरिवाना परेका उम्मेदवारहरूको विवरण – 2080-04-09 FINAL (2)”]