खप्तड गोल्डकपको फाइनल आज : उपाधिका लागि पुलिस र थ्री स्टार भिड्दै

रिपोर्ट नेपाल | 2019 Jan 19 | 09:08 am 1738

धनगढी, माघ ५ : तेस्रो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा शनिबार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। प्रतियोगितामा ए डिभिजन लिगको विजेता र उपविजेतालाई पराजित गरेको पुलिसले खप्तड गोल्डकपमा थ्रीस्टारलाई प्रतिद्वन्द्वी पाएको छ।

ए डिभिजन लिगमा थ्रीस्टारले तेस्रो स्थान हासिल गरेको थियो। लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी क्लब र उपविजेता संकटा क्लबलाई पराजित गरको पुलिसको मनोबल उच्च छ। टोली उच्च मनोबलका साथ उत्रिने पुलिसका कप्तान विक्रम धिमालले बताए।

यस्तै, क्वाटरफाइनलमा क्यामरुनको टोली र सेमिफाइनलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरलाई हराएर उपाधि नजिक पुगेको थ्रीस्टार पनि उपाधि चुम्ने क्रममा छ। थ्रीस्टारका कप्तान विक्रम लामाले फाइनल खेल्नका लागि उत्साहित रहेको बताए।

धनगढी रंगशालामा हुने प्रतियोगिताको फाइनल विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीले यामाहाको १५० सीसी मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनहीे १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.