क्वारेन्टाइनको १४ दिने स्वास्थ्य निगरानीपछि खुसी हुँदै घर फर्किए

रिपोर्ट नेपाल | 2020 Mar 02 | 05:24 pm 2450

काठमाडौं, फागुन १९: छिमेकी राष्ट्र चीनको कोरोना अति प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका १ सय ७५ नेपाली १४ दिनको स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएका छन् ।

चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा राखिएका उनीहरुलाई सोमबार ४ स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको हो ।

क्वारेन्टाइनबाट घर पठाइएका सबैलाई पाँचवटा बसले घर नजिकै छाड्ने व्यवस्था गरिएको छ । तर, सरकारले क्वारेन्टाइनमै बस्न चाहनेहरुका लागि भने फेरि बस्न मिल्ने व्यवस्था गरेको बुझिएको छ ।

उद्धार गरी क्वारेनटाइनमा रहेका सबैको चिकित्सकले कोरोना भाइरसको नेगेटिभ रिपोर्ट सार्वजनिक गरेपछि सबैजना आफ्ना परिवारका सदस्य तथा आफन्तहरुको साथ रमाउँदै घर फर्किएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.