क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 07 | 08:47 am 3237

काठमाडौँ, माघ २४। क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार बस्ने ३१ वर्षीय सन्जन प्रजापतीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रजापतीले ७ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.