क्रोएसिया पठाईदिने भनेर ठगी गर्ने राई प्रहरीको फन्दामा

| 2023 Jul 26 | 06:55 pm 3157

काठमाडाैं, साउन १० । बैदेशिक राेजगार विभागले राेजगारीमा जानु पूर्व सबै बुझेर जान पटक पटक सार्वजनिक सूचना जारी गर्दा गर्दै पनि ठगी गर्ने र ठगीनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार उदयपुर ताप्ली गाउँपालिका वडा नं. ४ घर भई हाल   ललितपुर  नखीपोट  बस्ने वर्ष ३० को प्रचलन राईले  समर बहादुर परियारलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु  भनी ठगी गरेको आराेपमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

ठगी गरेका राईले पीडितहरुसँग प्रतिव्यक्ति  ६ लाख रुपैयाँ  लागत लाग्ने र मासिक १ लाख रुपैया कमाइ हुने आश्वासन दिएका थिए । उनले पीडितबाट पटकपटक गरी  ६ लाख रुपैयाँ  लिई सम्पर्क विहीन भएपछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । उजुरी पश्चात विभागले ठगी गरेका राईलाई पक्राउ गरी उपस्थित गराइदिन  पत्राचार गरेकोमा नखीपोटबाट पक्राउ गरी  कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको सुचना अधिकारी रविन्द्र रेग्मीद्वारा जारी विज्ञप्तीमा जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.