क्यान्सर पीडित विद्यार्थीलाई नेता काफ्लेको समन्वयमा रकम हस्तान्तरण

| 2021 Aug 23 | 08:43 pm 3425

  • प्रकाश कुमार कार्की

भक्तपुर, भदौं ७ः अष्ट्रेलियामा रहेका नेपालीहरुद्वारा संकलन गरिएको रकम भक्तपुर क्यान्सर अस्पतालको शैयामा रहेका दुर्गाभवानी सैनामैना रुपन्देही १ मा रहेको कलेजका कक्षा ११ मा अध्ययनरत क्यान्सर रोगको पीडित विद्यार्थी गणेश खनाललाई हस्तान्तरण गरिएको छ । खनाल क्यान्सर रोगका कारण कलिलै उमेरमा पीडित भएका छन् ।

No description available.

उनलाई अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुले संकलन गरी नेपाल पठाएको रकम प्रंशान जङ्ग कुँवर मार्फत २ लाख ७ हजार ३ सय ४७ रुपैयाँ नेपाली कांग्रेसका युवा नेता एंव नेविसंघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेको समन्वयमा भक्तपुर क्यान्सर अस्पतालमै पुगेर विरामीको आमा शान्ता खनाल र विरामीको हातमा हस्तान्तरण गरेका थिए ।

उपचार खर्च धान्न नसकिरहेको र घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा उपचारमा थप समस्या आएको विरामीको आमाले बताइन् ।

बिरामीकी आमाले सहयोगको समेत अपिल गरेकी थिइन् । साथै नेता काफ्लेले रकम संकलन गरी पठाउने विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्तो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आवश्यक सहयोग जुटाउन लागि पर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.