क्यानडा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ 

| 2023 Apr 25 | 05:18 pm 929

काठमाडाैं, बैशाख १२ः क्यानडा पठाईदिन्छु भनी रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कास्की पोखरा म.न.पा. वडा नं. १८ स्थाई घर भई हाल काठमाडाैं
गोकर्णेश्वर न.पा. वडा नं. ५ जम्बुडाँडा बस्ने विपना कुँवर रहेकी छन् ।

उनले सुनिता गोतामे लाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु, क्यानडा पुगेपछि Waiter मा काम लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पिडितबाट पटकपटक गरी जम्मा रु. ९ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकी थिइन् ।

वैदेशिक रोजगार विभागबाट कुँवरलाई पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा प्रहरी टोलीले कुवँरको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।११ गते काठमाडाैं गोकर्णेश्वर न.पा. जम्बुडाँडाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.