क्यानडा पठाईदिन्छु भनी ठगी गर्ने जिरेल पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 06 | 07:55 pm 2369

काठमाडाैं, साउन २१ । बैदेशिक राेजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका  वडा नं. ६ घर भई हाल जिल्ला काठमाडाैं बुढानिलकण्ठ  ३ बस्ने  २७ वर्ष की फुलमाया जिरेल हुन् ।

उनले नवराज घिमिरेलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने भनी  पटकपटक गरी जम्मा  ३ लाख ७४ हजार  रकम लिई सम्पर्क विहीन भई ठगी गरेकी थिइन् ।

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले  फुलमाया जिरेललाई खोजतलास गर्ने क्रममा  मिनभवनबाट पक्राउ गरेको सुचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन के‍सीले जनाएका छन् ।

उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.